Thursday, November 1, 2018

संवैधानिक निकाय भनेको के हो ?नेपालको संविधानमा ब्यबस्था संवैधानिक अंगहरु के के हुन् ?



कुनै पनि मुलुकको संविधानमा व्यवस्था गरिएका सरकारका अंग तथा निकायलाई नै संवैधानिक अंग भनिन्छ । जससम्बन्धमा संविधानमा नै विशेष कार्यक्षेत्र, गठन प्रकृया र काम कर्तव्य तथा अधिकारसहित व्यवस्था गरिएको हुन्छ ।
नेपालको संविधान २०७२ को धारा ३०६ अनुसार “संवैधानिक निकाय” भन्नाले यस संविधान बमोजिम गठन गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग,थारू आयोग र मुस्लिम आयोग सम्झनु पर्छ ।
नेपालको संविधान २०७२ मा उल्लेखित संवैधानिक अंगहरुः
१. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
२. महालेखा परीक्षक, लोकसेवा आयोग,
३. निर्वाचन आयोग,
४. राष्ट्रिय मानव अधिकार आयोग,
५. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
६. राष्ट्रिय महिला आयोग,
७. राष्ट्रिय दलित आयोग,
८. राष्ट्रिय समावेशी आयोग,
९. आदिवासी जनजाति आयोग,
१०. मधेशी आयोग,
११. थारू आयोग
१२. मुस्लिम आयोग

No comments:

Post a Comment