राष्ट्रिय गौरवका आयोजना भनेको के हो ? नेपाल
सरकारले घोषित राष्ट्रीय गौरवका आयोजनाहरु कति वटा छन् ।
नेपाल सरकारले
आयोजनाहरूको प्राथमिकीकरण र विशेष महत्वका आयोजनाहरूलाई वर्गीकरण गरी
कार्यान्वयन गर्ने गरि छुट्याएको बिशेष आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजना
भनिन्छ ।
नेपाल सरकारले आवधिक
विकास योजनाका लक्ष्यहरू हासिल गर्ने उद्देश्यले सञ्चालित विकास आयोजना तथा कार्यक्रमहरूको
प्राथमिकताक्रम तोक्ने कार्यलाई संस्थागत गरेको छ ।विकास आयोजना तथा
कार्यक्रमहरूलाई विशेष प्राथमिकता प्राप्त वा प्राथमिकता प्राप्त आयोजनाका रूपमा
प्राथमिकीकरण गरी साधन विनियोजनलाई प्रभावकारी बनाउने कार्य गरिन्छ ।
यि हुन नेपाल सरकारले
घोषणा गरेका राष्ट्रीय गौरवका आयोजनाहरु
१. सिक्टा सिंचाइ
आयोजना
२. बबई सिंचाइ आयोजना
३. रानीजमरा कुलरीया
सिंचाइ आयोजना
४. भेरी बबई डाइभर्सन
आयोजना
५. माथिल्लो तामाकोशी
जलविद्युत आयोजना
६. वुढीगण्डकी
जलविद्युत आयोजना
७. पश्चिम सेती
जलविद्युत आयोजना
८. भैरहवा क्षेत्रीय/अन्तर्राष्ट्रिय
विमानस्थल
९. पोखरा
क्षेत्रीय/अन्तर्राष्ट्रिय विमानस्थल
१०. दोस्रो
अन्तर्राष्ट्रिय निजगड विमानस्थल, बारा
११. पशुपति क्षेत्र
विकास कोष
१२. लुम्विनी क्षेत्र
विकास कोष
१३. मध्य पहाडी
(पुष्पलाल) लोकमार्ग
१४. पूर्व पश्चिम
रेलमार्ग
१५.हुलाकी लोकमार्ग
१६. उत्तर दक्षिण
(कोशी) लोकमार्ग
१७. उत्तर दक्षिण
(कालीगण्डकी कोरिडोर) लोकमार्ग
१८. उत्तर दक्षिण
(कर्णाली) लोकमार्ग
१९. काठमाण्डौ
तराई–मधेस दु्रतमार्ग
२०. मेलम्ची खानेपानी
आयोजना
२१. राष्ट्रपति चुरे
संरक्षण कार्यक्रम
No comments:
Post a Comment