Thursday, November 1, 2018

मुलुकी तथा देवीनी ऐन २०७४ मा भएका ब्यबस्थाहरु के के हुन् ?



नेपाल सरकार द्धारा नया मुलीकी ऐन २०२० संसोधन गरि मुलुकी तथा देवानी ऐन २०७४ यहि वि.सं २०७५ भदौ १ गते जारी गरि कर्यन्ययन गरेको छ । के के ब्यबस्था छ बुदागत रुपमा पढौ .. जुन निम्न अनुसार छन् ।
·         एकासगोलकी पत्नीले पतिको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसे, पत्नीले पतिलाई खान लगाउन नदिए वा घरबाट निकाला गरिदिए, पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरे वा पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरे पतिले पत्नीको मन्जुरी नभए पनि सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ
·         पत्नीले पतिसँग सम्बन्धविच्छेद गर्न सक्ने व्यवस्थामा एकासगोलको पतिले पत्नीको मन्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसे, पतिले पत्नीलाई खान लगाउन नदिए वा घरबाट निकाला गरिदिए, पतिले पत्नीको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरे, पतिले अर्को विवाह गरे वा अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरे, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरे पतिको मन्जुरी नभए पनि पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने उल्लेख छ
·         पत्नीले पतिलाई खानलाउन नदिए वा घरबाट निकाला गरिदिए, पत्नीले पतिको अंगभंग हुने वा अरू कुनै ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमको कुनै काम वा जाल प्रपञ्च गरे, पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेका आधारमा सम्बन्ध विच्छेदको निवेदन परेकामा पत्नीलाई अंश वा खर्च दिन पति बाध्य हुनेछैन भन्ने व्यवस्था छ
·         कानुनमा कुनै कसुरबापत सर्वस्वको सजाय हुने रहेछ भने यो ऐन प्रारम्भ भएपछि त्यस्तो कसुरमा सजाय गर्दा सर्वस्व हुनेगरी सजाय गरिनेछैन भन्ने व्यवस्था छ
·         लोग्ने र स्वास्नी अंशबण्डा भई भिन्न बसेको अवस्थामा बाहेक’ अर्को विवाह गर्न पाइने छैन ।
·         स्वास्नी मानिस’ र ‘लोग्ने मानिस’ भन्ने शव्दको सट्टा महिला र पुरुष हुनुपर्ने भन्ने शव्द संशोधनदेखि बलत्कार, करणी, घरेलु हिंसालगायत विषयमा कानूनलाई कडा बनाउन खोजिएको छ ।
·         करणीका लागि फकाउनेलाई पहिले २ वर्ष कैद र ६ हजार रुपैयाँसम्म जरिवाना रहेकोमा अहिले ३ वर्ष कैद ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान राखिएको छ।
·         जबरजस्ती करणी प्रमाणित हुन यौन सम्पर्क नै हुनुपर्ने अनिवार्य गरिएको छैन । पुरुषको अरु अङ्गले महिलाको यौन अंगहरु चलाएमा पनि जवरजस्ती करणी गरेको ठहरिने भनिएको छ।
·         लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीन वर्ष देखि पाँच वर्षसम्म कैद हुने’ उल्लेख छ ।
·         बलात्कारको शिकार हुने महिलाले आत्मरक्षाको लागि प्रत्याक्रमण गर्दा कुनै अपराध नठहरिने भनिएको छ ।
·         कसूरदारको कुनै सम्पत्ति नभएर पीडितले क्षतीपूर्ति नपाउने देखिएमा अदालतले सरकारबाट उचित क्षतिपूर्ति भराइदिने छ,’
·         बलात्कारको घटनामा नालिस गर्नुपर्ने पैतिस दिने हदम्याद बढाएर छ महिना पुर्‍याइएको छ।
·         प्रहरी ऐनमा व्यवस्था थप गरि ‘महिला तथा पुरुष प्रहरीका लागि छुट्टाछुट्टै आवास र शिशु स्याहार केन्द्र पनि राख्नुपर्ने’ उल्लेख छ।
·         कारागार ऐनको संशोधनले  महिला वा पुरुष कैदीलाई सकेसम्म अलग-अलग थुनुवा घरमा राख्न पर्ने छ ।
·         महिलाको सुरक्षाको लागि कम्तीमा एक जना महिला सुरक्षाकर्मी नै खटाउन पनि अनिवार्य गरिएको छ ।
·         छोरा, छोरी र विधवा बुहारीलाई समान हैसियत प्रदान गरिएको छ ।
अन्य थप बुदा छोटकरीमा 
·         दाईजो माँगे तिन वर्ष जेल सजाए हुने 
·         बिबाहित पुरुष सँग बिबहा गरे ५ वर्ष जेल सजायको ब्यबस्था छ ।
·         २० वर्ष नपुगी बिबहा गर्नेलाई ३ वर्ष जेल सजाय 
·         बहुबिबहा गरे ३ वर्ष जेल
·         नोटमा केरमेट गरे ३ महिना जेल 
·         कुनै पनि कुरामा बाजी थापेमा १ वर्ष जेल 
·         जुवा तास खेल्नेलाई ३ वर्ष जेल
·         नेताको टाउको जोडेर कानुन बनाए ३ वर्ष जेल 
·         अनुमति बिना कसैको फोटो खिंचेमा १ वर्ष कैद
·         अर्काको कुरा रेकर्ड गरे २ वर्ष कैद
·         ब्लफ कल गर्नेलाई २ वर्ष जेल सजाय
·         टेलिफोनबाट धम्की दिए एकवर्ष क़ैद 
·         अनुमति नलिई अरुको घरमा छिरे ३ वर्ष कैद
·         बिरामीको मृत्यु भएमा चिकित्सकलाई ५ वर्ष कैद 

No comments:

Post a Comment